जापानी रंगमञ्चमा, नेपाली नाटक

पाेखरा | चैत २०, २०७९

जापानी रंगमञ्चमा, नेपाली नाटक

पोखरा:  पोखरा स्थित ईन्द्रेणी थिएटरको प्रस्तुती रहेको नाटक इम्ब्रियोनिक जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आईतवार साँझ जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने ईन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।

 
इन्द्रेणी थिएटरको स्थापना बि.सं.२०७६ मा भएको हो । स्थापनाकाल देखि हालसम्म संस्थाले नाटक तथा साहित्यका अन्य विधाहरुमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाटक, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजल लगायतको क्षेत्रमा काम गरिरहेको छ भने यहाँका स्थानीय सरकारी निकायहरू, बाङ्मय संस्थाहरू तथा अन्य समान उद्देश्य भएका विभिन्न संस्थाहरूसंग समन्वय गर्दै काम गरिरहेको पौडेलको भनाई छ ।


मानिसको जीवन यो प्रकृतिको सुन्दर उपहार मध्ये एक हो तर मानिसले बाँच्न नजानेको भान हुन्छ । गर्ने खाने मर्ने जाने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकठ्ठामा व्यस्त छन । उनीहरु आफ्नै शरीरका हरेक अङ्गसँग बेखबर छन् । आफ्नै मुटु सँग बेखबर छन जो मानिस भ्रूण देखी मृत्यु शैयामा पुगुन्जेल आफ्नै रफ्तारमा चलिरहेको हुन्छ । यो कलाले मानिसलाई सोच्न बाध्य बनाउने छ । कसरी प्रकृति चलिरहेको छ । यदी मानिस फुल भए के हुन्थ्यो ? मानिस खोला भए के हुन्थ्यो ? मानिस बादल भए के हुन्थ्यो ? मानिस बिउ भए के हुन्थ्यो ? यस्ता अनेक प्रश्नहरू मानिसको दिमागमा उब्जिन्छन् यो   जीवन बाँच्ने फरक विल्कुल फरक तरिका तरिका रहेको नाटका निर्देशक र अभिनेता समेत रहेका पौडेलले दावी गरे । यसले मानव विकासक्रम र अन्त्यसम्मको संघर्षगाथा बताइरहेको छ ।


मञ्चमा पौडेल सँगै, कपिल शर्मा र दिपेन्द्र पौडेलको पनि अभियन हेर्न पाईनेछ । नाटकमा शिवहरि अर्याल र अर्जुन गुरुङ्ले संगीत दिएका छन् । नाटक उत्पादनमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको छ ।


२०२२ मार्च महिनामा इटालीस्थित पिसामा आयोजित एक कार्यशालामा इटलीसहित युरोप, अमेरिका, अफ्रिका, एसियाका साहित्य, संगीत, रङ्गमञ्चका सम्पूर्ण कला विधाका कलाकार सहभागी भएका थिए । जहाँ एसियाबाट केदार नाथ पौडेलले सहभागिता जनाएका थिए । कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउने समूहको उद्देश्य रहेको थियो । त्यही क्रममा अहिलेको पछिल्लो प्रस्तुति इम्ब्रिओनिक तयार भएको थिएटरले जनाएको छ । यसलाइ २०७९ श्रावण ६ गते ढिकीडाँडा रिसोर्ट, घार्मीमा प्रदर्शन गरिएको थियो । २०७९ असोज १४ गते पोखरा थिएटरमा भएको पोखरा लिटरेचर फेष्टिभलमा यो नाटक प्रदर्शन गरिएको थियो ।


पोखराका साथै काठमाडौंको मण्डला थिएटरमा भएको नेपाल इण्टरनेशनल थिएटर फेष्टिभलमा पनि यो नाटक भव्य प्रर्दशन भयो । त्यसपछि फरक फरक समयमा गरिएका कार्यशालाहरुले नाटकलाई परिस्कृत गर्दै यसपाली जापान यात्रामा लैजान लागिएको पौडेलले जानकारी दिए ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्